नक्कली कागजद्वारा आलु तस्करीको आरोपमा एक जना पक्राउ

photocollage_202412514562221

अलिपुरद्वार: नक्कली कागजात बनाएर बंगालबाट असममा आलु तस्करी गर्न खोजेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ।  भर्खरै राज्यकी मुख्यमन्त्री आलुको मूल्य घटाउन राज्यबाट आलु निकासीमा प्रतिबन्ध लगाउने घोषणा गरेकी थिइन्। तर यो प्रतिबन्धलाई बेवास्ता गर्दै एउटा गिरोहले बिहार वा उत्तर प्रदेशको नक्कली कागजात बनाएर आलुलाई असम पठाउने गरेको आरोप छ।

त्यस्तै, असम–बंगाल सीमानाका नाका प्वाइन्टमा पुलिसले आलुले भरिएको ट्रक नियन्त्रणमा लिएको छ। आटा र आलुले भरिएको उक्त गाडी दलालमार्फत असम पठाइँदै गर्दा बारोबिशा नजिकैको टुटिपाकडीमा पुलिसले नियन्त्रणमा लिएको छ। गाडी रोकेर सोधपुछ गर्दा चालकको जवाफमा पुलिसलाई शंका लाग्यो। त्यसपछि कारको खोजी गर्दा आलुको बोरा भेटियो। चालक रवि साहलाई पुलिसले नियन्त्रणमा लिएको छ। यस घटनामा अरु को को संलग्न छन् भन्ने बारे पुलिसले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement