आलुको मूल्य नियन्त्रणमा सरकार व्यस्त, नयाँ आलु बजारमा आएपछि भाउ घट्न सक्ने

IMG-20241205-WA0182

जलपाईगढी: राज्य सरकारले आलुको मूल्य नियन्त्रण गर्न लगातार प्रयास गरिरहेको छ। यसै सन्दर्भमा राज्यबाट आलु निकासीमा प्रतिबन्ध लगाइएको छ। पश्चिम बंगालका कृषि मन्त्री बेचाराम मन्नाले राज्यमा आगामी ४५ दिनसम्म आलुको स्टक राखिएको बताए। राज्यमा दैनिक १८ हजार मेट्रिक टन आलु खपत हुने गरेको उनले बताए। यही कारणले आलु स्टकमा राखिएको छ। मूल्य नियन्त्रणका लागि मात्रै आलु निकासीमा रोक लगाइएको उनले बताए। केही व्यक्ति कालोबजारीमा संलग्न भई बाहिरी राज्यमा निकासी गर्ने प्रयास भइरहेको भए पनि कारबाही भने जारी रहने उनले बताए। अर्कोतर्फ नयाँ आलु पनि बजारमा आउन थालेको छ। यहाँ जलपाईगढी टिस्टा नदीको किनारमा एकातिर आलु खेती शुरु भएको छ भने अर्कोतिर आलु काट्ने काम पनि शुरु भएको छ। बजारमा नयाँ आलु आएसँगै पुराना आलुको मूल्यमा केही कमी आउने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement