जलपाईगढी: ट्रकमा खाली ड्रमको आडमा गाई तस्करी भइरहेको आरोप छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पुलिसले छापा मारेर पर्दाफास गरेको बताइएको छ। जलपाईगढी जिल्लाको राजगञ्ज थानाको पुलिसलाई सोमबार राति राष्ट्रिय राजमार्ग नम्बर ३१ बाट एउटा ट्रक जाँदै गरेको खबर प्राप्त भयो। बिहारबाट असम जाने ट्रकमा गाई तस्करी भइरहेको आरोप छ। सूचना पाएपछि पुलिसले फटापुकुर टोल प्लाजा नजिक जाल बिछाएर सवारीसाधनको चेकजाँच गर्न थालेको थियो। त्यसपछि आज बिहान शंकास्पद ट्रकको खोजीका क्रममा खाली ड्रममुनिबाट १३ गाई बरामद भएको हो। गाईलाई निकै अमानवीय ढंगले राखिएको बताइएको छ। यस घटनामा एक जना पक्राउ परेको बताइएको छ। पुलिसले पक्राउ परेकाहरुलाई सोधपुछ गरी गिरोहलाई समात्ने प्रयास गरिरहेको छ।