सिलगढी: एकपटक फेरि एक पूर्ण वयस्क चितुवाको गाडीले धक्काले मृत्यु भएको छ। राष्ट्रिय राजमार्ग न० २७ को बकुलिन क्षेत्रको घोषपुकुर फुलबारीमा गाडीको धक्काले बाटोमा लगेर चितुवा छटपटिएको एक जना सब्जी बिक्रेताले देखे। त्यसपछि घोषपुकुर पुलिसलाई यसबारे जानकारी गराएपछि पुलिसले घटनास्थलमा पुगेर चितुवालाई बचाउने प्रयास गरे पनि त्यहीँ मरेको थियो। त्यसपछि यो जानकारी वन विभागलाई दिइयो। राष्ट्रिय राजमार्गमा गाडीको धक्काबाट चितुवाको मृत्यु भएको हो। यसअघि कमलाबागान क्षेत्रमा गाडीको धक्काबाट वयस्क चितुवाको मृत्यु भएको थियो। बारम्बार हुने दुर्घटना र चितुवाको मृत्युले वन विभागका अधिकारीहरु निकै चिन्तित छन्। पुलिसले घटनाको अनुसन्धान गर्नुका साथै कुन गाडीले दुर्घटना गराएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ।