मेटिक्स फर्टिलाइजर्स एण्ड केमिकल्स लिमिटेड २०२३-२४ मा उत्कृष्ट उत्पादन प्रदर्शनका लागि एफएआई पुरस्कारबाट सम्मानित

IMG-20241204-WA0160

कोलकाता: मेटिक्स फर्टिलाइजर्स एन्ड केमिकल्स लिमिटेड (मेटिक्स) लाई वर्ष २०२३-२०२४ मा ‘नाइट्रोजन (अमोनिया र युरिया) का लागि एक संचालन उर्वरक इकाइको उत्कृष्ट उत्पादन प्रदर्शन’ का लागि सम्मानित गरिएको छ। भारत सरकारका माननीय रसायन तथा उर्वरक तथा स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री सुश्री अनुप्रिया पटेलले वार्षिक फर्टिलाइजर एसोसिएशन अफ इण्डिया (एफएआई) पुरस्कार नयाँ दिल्लीमा मेटिक्स फर्टिलाइजर्स एण्ड केमिकल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकारी गिरिधर मिश्रलाई प्रदान गरेकी हुन्। यो प्रतिष्ठित पुरस्कार भारत सरकारका माननीय रसायन तथा उर्वरक मन्त्री जगत प्रकाश नड्डाको उपस्थितिमा नयाँ दिल्लीमा आयोजित वार्षिक एफएआई पुरस्कार समारोहमा प्रदान गरिएको थियो।

एफएआई पुरस्कार समारोह उर्वरक क्षेत्रमा उत्कृष्टता र नवीनताको सम्मान गर्दै मनाइन्छ। यो पुरस्कार भारतको महत्वपूर्ण कृषि क्षेत्रमा हासिल गरिएको सफलतासँगै नवीनता र दिगोपनताप्रति मेटिक्सको प्रतिबद्धतालाई उजागर गर्दछ। अक्टोबर २०२१ मा सञ्चालन शुरु गरेदेखि नै मेटिक्स उर्वरक क्षेत्रमा प्रमुख कम्पनीको रूपमा उदायो। २०२३ मा कम्पनीलाई नाइट्रोजन युक्त उर्वरकमा आत्मनिर्भरता हासिल गर्ने भारतको लक्ष्यमा योगदानका लागि ‘पर्सेभिरन्स इन युरिया प्रोडक्सन’ बाट पनि सम्मानित गरिएको थियो। यस वर्षको पुरस्कार पश्चिम बंगालको पानागढस्थित अत्याधुनिक ग्यास-आधारित उर्वरक प्लान्टमार्फत मेटिक्सको उत्कृष्ट युरिया उत्पादन क्षमतालाई मान्यता दिन्छ। मेटिक्स फर्टिलाइजर्स एण्ड केमिकल्स लिमिटेडका अध्यक्ष निशान्त कनोडियाले भने, “२०२३-२०२४ का लागि उत्कृष्ट उत्पादन प्रदर्शनका लागि एफएआई पुरस्कार प्राप्त गर्न पाउँदा हामीलाई गर्व लागेको छ। यो मान्यता मेटिक्सको सम्पूर्ण टिमको कडा मेहनत र प्रतिबद्धताको प्रमाण हो। कम्पनीका रूपमा, हामी दिगो अभ्यासहरू अपनाउन र सञ्चालन दक्षता बढाउन नवीनतम प्रविधिहरूको प्रयोगमा निरन्तर प्रयासरत छौं। यसरी, हामी कृषि विकाससँगै उर्वरक उत्पादनमा आत्मनिर्भरता प्राप्त गर्न देशलाई महत्त्वपूर्ण योगदान दिने सुनिश्चितता गरिरहेका छौं।”

मेटिक्स फर्टिलाइजर्स एन्ड केमिकल्स लिमिटेड देशकै सबैभन्दा नयाँ र छिटो बढिरहेको उर्वरक उत्पादकहरू मध्ये एक हो, जसले पूर्वी भारतमा युरियाको लगभग २० प्रतिशत बजार हिस्सा ओगटेको छ। यस कम्पनीका उत्पादन दायरामा युरिया, गैर-युरिया उर्वरक तथा विशेष उर्वरकहरू समावेश छन्। १००० भन्दा बढी डिलरहरू र ६०,००० भन्दा बढी खुद्रा विक्रेताहरूको सञ्जालसहित कम्पनीले ९ राज्यहरूमा किसानहरूलाई आवश्यक फसल पोषण तत्वको समयमै आपूर्ति सुनिश्चित गर्छ। मेटिक्स फर्टिलाइजर्सले फसल पोषण र माटो उर्वरता प्रवर्धनका लागि नवीन उत्पादनहरूमार्फत कृषि उत्पादकत्व बढाउने लक्ष्य राखेको छ, जसले हरेक खेतलाई पोषण प्रदान गर्ने र सबैका लागि खाद्य सुरक्षाको सुनिश्चितता गर्ने उद्देश्य राखेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement