भारत अण्डर-१९ एशिया कपको सेमिफाइनलमा

IMG-20241205-WA0135

शारजाह: भारतले आयोजक संयुक्त अरब अमीरात (यूएई)-लाई १० विकेटले पराजित गरी अण्डर-१९ एशिया कप क्रिकेट टुर्नामेण्टको सेमिफाइनलमा स्थान पक्का गऱ्यो। शारजाह क्रिकेट स्टेडियममा खेलिएको ग्रुप ए-को यस म्याचमा टस जितेर पहिला ब्याटिंग गर्ने यूएई-को टीम ४४ ओभरमा केवल १३७ रन बनाएर अलआउट भयो। जवाफमा भारतले वैभव सूर्यवंशी र अयुष म्हात्रेको विध्वंशी ब्याटिंग अनि यी दुईबीच भएको अटूट शतकीय पार्टनरशीपको सहायताले २०३ बल बाँकी रहँदै १४३ रन बनाएर म्याच जित्यो। यस जीतको साथै भारत ३ वटा म्याचमा ४ अंकको साथ ग्रुपको दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुग्यो। पाकिस्तान ६ अंकको साथ ग्रुप विजेता बन्यो। यसरी ग्रुप बी-बाट श्रीलंका (६ अंक) र बंग्लादेश (४ अंक)-ले सेमिफाइनलमा स्थान बनायो। भारतलाई म्हात्रे र वैभवले आक्रामक शुरुवात दिलाए। म्हात्रेले ५१ बल खेलेर ४ वटा छक्का र त्यति नै चौकाको साथ अविजित ६७ रन बनाए। यसरी वैभब्बले ६ वटा छक्का र ३ वटा चौकाको साथ ४६ बल खेलेर अविजित ७६ रन बनाए।
म्याचमा पहिला ब्याटिंग गर्ने यूएई-ले लगातार विकेट गुमायो। ओपनर आर्यन सक्सेना ९ र यायिन राय खाता नखोली आउट भए। यूएई-को तर्फबाट मुहम्मद रयानले सर्वाधिक ३५ रन बनाए। उनले ४८ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक अक्षत रायले २६ रनको योगदान दिए। भारतीय बलरहरूमा युधाजीत गुहाले सर्वाधिक ३ विकेट लिए। यसरी चेतन शर्मा र हार्दिक राजले २-२ विकेट हासिल गरे। म्हात्रेलाई प्लेयर अव् द म्याच चयन गरियो। भारतले अब शुक्रवार खेलिने सेमिफाइनलमा श्रीलंकाको चुनौती स्वीकार्नेछ। अन्य एउटा सेमिफाइनलमा पाकिस्तानको भिड़न्त बंग्लादेशसँग हुनेछ। फाइनल आइतवार हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement