दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा एचएलवाईसी दार्जीलिङले पेनल्टी शूटआउटमा रोमाञ्चक जीत हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा बुधवार भएको म्याचमा एचएलवाईसी दार्जीलिङले घूम जोरबंग्लो स्पोर्टिंग क्लबविरुद्ध पेनल्टी शूटआउटमा ८-७-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








