नेकपा(एमाले)का २३१ कार्यकर्ताले पार्टी त्यागे

IMG-20241205-WA0077

इनरुवा :सुनसरी गढी गाउँपालिका वडा नं.-६ वडाका २३१ जना एमाले कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
उक्त वडाका एमाले अध्यक्ष चितनारायण खेवारले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। ‘सांसद भगवती चौधरीको हैकमवादी तथा सामन्ती दासत्व प्रवृति स्वीकार्न असमर्थ छौँ भन्ने ठहर गर्दै म पार्टी वडा कमिटी अध्यक्ष लगायत वडा कमिटीका कमरेडहरु, टोल कमिटीका कमरेडहरु लगायत पार्टी संगठित सदस्यहरू सहित २१३ जनाले पार्टी परित्याग गरेको घोषणा गर्दछौँ’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement