काठमाण्डू: पासाङल्यामु राजमार्ग अन्तर्गत बालाजु-ककनी सडक खण्डको तीव्रगतिमा भइरहेको स्तरोन्नति काम हुँदै छ। विगत दस वर्षदेखि जीर्ण बनेको यस सडकको विसं २०८० फागुनमा भएको सम्झौता अनुसार दुई वर्षभित्र १४ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गर्न रु ८३ करोड ३१ लाखमा जिम्मेवारी पाएको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले लक्ष्यभन्दा दोब्बर गतिमा काम गरिरहेको छ।