मेयर सम्पाङब्दारा पत्रकार माथि धम्काएको आरोप

IMG-20241205-WA0079

इनरुवा: नेपाल पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष जनकऋषि राई र केन्द्रिय पार्षद गोपाल दाहाललाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाले सामाजिक सञ्जाल मार्फत धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।
पत्रकार दाहालले खोज पत्रकारिता केन्द्रका लागि तयार गरेको मेयर साम्पा‌ङ्को विषयको समाचार प्रकाशन भएको विषयलाई लिएर उनकै पेज “हर्क साम्पाङ् ए रिभुरेसन” मार्फत भोलि १० बजेको भेटमा आउनु नत्र बेइज्जत गरेर शीर ठाडो पारेर हिड्न दिने छैन् भनेर धम्क्याउनु सार्वजनिक निकायको गरिमामय पदमा बहाल मेयरबाट पत्रकारमाथि यस किसिमको व्यवहार हुनु आफैंमा निन्दनीय र लज्जास्पद हर्कत हो। यो घटना संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारमाथिको ज्यादती हो। महासंघ जिल्ला शाखा सुनसरीले बिज्ञप्ति मार्फत पत्रकारको संवैधानिक सुनिश्चितताको सम्मान गर्न र निर्वाध रुपमा सञ्चारकर्ममा जुट्ने वातावरण बनाउन माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement