जिल्लापालले गरिन् विज्ञान प्रयोगशालाको उद्घाटन

n6420340781733335850465c8880d5fb094bef670cab48e67762e1a1cf21e6c9bb6410e3ffbf2f12e44b1f9

गेजिङ: आज जिल्लापाल हिस्से डी. योङ्गदाको बाहुलीद्वारा मिडल गेजिङ सरकारी माध्यमिक विद्यालयमा हालैमा स्थापना गरिएको विज्ञान प्रयोगशाला उद्घाटन गरियो। यस अवसरमा जिल्ला सदस्य सागर शर्मा, शिक्षा विभागका अधिकारीहरू आदि पनि उपस्थित थिए।
आरईसी लिमिटेडको सीएसआर योजना अन्तर्गत स्थापना गरिएको विज्ञान प्रयोगशालाको उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक शिक्षण अनुभव प्रदान गर्नु रहेको छ, जसद्वारा उनीहरूमा जिज्ञासा, वैज्ञानिक जॉंच र मूल वैज्ञानिक अवधारणाहरूको गहिरो समझलाई बढावा दिन सकियोस्। आधुनिक उपकरण र संसाधनहरूद्वारा सुसज्जित यो प्रयोगशाला नवीन शिक्षणको केन्द्र बन्ने विश्वास व्यक्त गरिएको छ।
जिल्लापाल योङ्गदा विद्यार्थीहरूका साथै प्रधानाध्यापक, शिक्षक र एसएमसी सदस्यहरूसॅंग अन्तरक्रिया गर्दै महत्वपूर्ण अन्तरदृष्टि साझा गरिन्। उनले प्रयोगशालाबाट सक्दो लाभ उठाउनका लागि प्रोत्साहित गर्दै सुझाउहरू पनि दिएकी थिइन्। उनले विद्यार्थीहरूसॅंग आउॅंदो बोर्ड परीक्षा, उनीहरूका करियरबारे पनि चर्चा गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement