भारतको मुख्य सचिना आयुक्त समारियाले गरे राज्यपालसॅंग भेट

n6420340771733335070381c7426dde424d52cffde12a4c79128cf226714ead6af01661cf5efac3f6c3019c

गान्तोक: आज, भारतको मुख्य सूचना आयुक्त, केन्द्रिय सूचना आयोग हिरालाल समारिया लगायत विभिन्न राज्यको सूचना आयोगका मुख्य सूचना आयुक्तहरूले राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे।
उक्त जानकारी राजभवनले आज प्रेस विज्ञप्तिमा दिएको छ।
यस भेटको क्रममा मुख्य सूचना आयुक्त हिरालाल समारियाले राज्यपाललाई बैठकको उद्देश्यको बारेमा जानकारी गराए। उनले सूचनाको अधिकार (आरटीआई) र सूचना आयुक्तहरूको कार्यको बारेमा पनि राज्यपाललाई अवगत गराए। यस अवधि भविष्यका योजनाहरूमाथि पनि चर्चा गरियो, जसमा आरटीआईको प्रभावी क्रियान्वयन र पारदर्शितालाई बढावा दिने विषयमा प्रकाश पारियो।
राज्यपाल माथुरले आरटीआईको दुरुपयोगलाई सम्बोधित गर्ने दिशामा उठाइएका प्रयासहरूको बारेमा जानकारी लिए। उनले भने, यस प्रक्रियामाथि मानिसहरूको विश्वासलाई दह्रिलो बनाउनका लागि आरटीआईको माध्यमद्वारा जुन लाभ मानिसहरूले प्राप्त गरिरहेका छन्, त्यसको जानकारी जनसाधारणसम्म पुऱ्याउनु पर्नेछ। उनले सूचना आयुक्तहरूको कार्यको सराहना गर्दै भविष्यमा पनि यसरी नै समर्पित बनेर काम गर्ने प्रेरित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement