रोलु दिवसको तयारीबारे विधायक भेञ्चोङपाले गरे समन्वय बैठक

IMG-20241204-WA0220

गान्तोक: एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष निर्देशनमा मार्तम रुम्तेक निर्वाचन क्षेत्रका विधायक सोनाम छिरिङ भेञ्चोङपाको अध्यक्षतामा रोलु दिवस तयारीलाई लिएर एक महत्वपुर्ण समन्वय बैठक सम्पन्न भयो। सभामा निर्वाचन क्षेत्रको महत्वपूर्ण भूमिका, जनता र पार्टी पदाधिकारीहरूको सहभागिता तथा रोलु दिवसको ऐतिहासिक उत्सवको लागि आवश्यक कुशल व्यवस्थापनबारे व्यापक छलफल भएको छ। बैठकमा राज्य,जिल्ला, निर्वाचन क्षेत्र र वार्ड स्तरका पार्टी पदाधिकारीहरु, शुभेच्छुक तथा समर्पित पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। मार्तम रुम्तेक निर्वाचन क्षेत्र भव्य रोलु दिवस समारोहको भव्य सफलता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वहन गर्न पुर्णरूपले तयार रहेको सभामा निर्णय लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement