क्याप सिक्किमको गेजिङमा जिल्लास्तरीय सभा सम्पन्न

IMG-20241204-WA0196

गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमको गेजिङस्थित जिल्ला कार्यालयमा आज जिल्लास्तरीय सभा सम्पन्न भयो। उक्त सभा पार्टी अध्यक्ष गणेश राईको नेतृत्वमा आयोजना गरिएको थियो। यस सभामा पार्टीको केन्द्रीय कार्यकारिणी समितिका वरिष्ठ पदाधिकारीहरूको सहभागिता रहेको थियो। विशेष अतिथिका रूपमा जिल्ला अध्यक्ष ओङ्दिला भोटियाको उपस्थिति रहेको थियो। कार्यक्रमको शुरुवात महिला परिषदकी उपाध्यक्ष अन्जु शर्माद्वारा स्वागत सम्बोधनबाट गरिएको थियो। कार्यक्रमलाई थप उचाइ दिन पार्टीका उपाध्यक्ष एमबी लिम्बू, उपाध्यक्ष प्रशान्त बाबू छेत्री, युवा कल्याण परिषदका प्रमुख टीकाराम नेपाल, महिला परिषदकी वरिष्ठ नेतृहरू विना शर्मा र सुमती छेत्री, महासचिव (संगठन) प्रकाश पराजुली र गेजिङ जिल्ला अध्यक्ष ओङ्दिला भोटियाले प्रमुख पार्टी मुद्दाहरू र आगामी रणनीतिहरूमा गहन विचार राखेका थिए। विना शर्माले महिला कल्याण परिषदद्वारा निकट भविष्यमा रक्तदान शिविर आयोजना गर्ने घोषणा गरिन्। पार्टी अध्यक्ष गणेश राईले आफ्नो मन्तव्यको क्रममा पार्टीको भावी रणनीति र कार्ययोजनाहरूबारे सहभागीहरूलाई जानकारी गराए। उनले पार्टीले तयार पारेको मार्गदर्शन पुस्तिका सबै नेता, कार्यकर्ताले गहन रूपमा अध्ययन गर्नुपर्नेमा जोड दिए। साथै, सिक्किमका जनताको आवाजलाई प्रभावकारी ढंगले उठाउन समग्र सुधारको पक्षमा एकजुट बन्नुपर्ने आव्हान गरे। उनले कस्तै परिस्थितिमा समेत हामी सबै जुझारु बनेर समग्र सिक्किमेको आवाज बन्ने अपील समेत गरे। पार्टीले आजदेखि राज्यभरका सबै जिल्लामा जिल्ला समन्वय सभा आयोजना गर्ने निर्णय गरेको छ। यी समन्वय सभाहरू आगामी १० दिसम्बरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हरेक जिल्लास्तरीय सभामा स्थानीय समस्याहरूको उचित समाधानका लागि परामर्श प्रदान गरिने र पार्टीको रणनीतिहरू स्थानीय कार्यकर्तामाझ स्पष्ट रूपमा प्रस्तुत गरिने जानकारी जारी एक प्रेस बयानमा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement