उत्तर जिल्लामा पीएम सूर्य घऱः निःशुल्क बिजुली योजना शुरु

IMG-20241204-WA0194

मंगन: उत्तर जिल्लामा प्रधानमन्त्री सूर्य घर: मुफ्त बिजली योजनाका कार्यान्वयनको लागि जिल्लास्तरीय समितिको बैठक सम्पन्न भयो। आज एक भिडियो कन्फ्रेन्समा जिल्लापाल अनि अन्य अधिकारीहरुको उपस्थितिमा यसबारे छलफल गरियो। बैठकमा समितिका सदस्यहरूलाई योजना परिचालन गराउन सक्रिय भूमिका निर्वाह गर्ने कुरामा जोड़ दिएको थियो। पीएम सूर्य घर: मुफ्त बिजली योजना सौर्य ऊर्जा प्रणाली अपनाउनको लागि प्रोत्साहन गर्न शुरु गरिएको हो। जसमा नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न डिजाइन गरिएको छ। यो योजनाले दिगो ऊर्जा समाधानहरू प्रदान गर्ने, घरपरिवारका लागि बिजुलीको खर्च घटाउने र पर्यावरण संरक्षणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। लाभार्थीहरूले योजनाको लागि नाम दर्ता गर्ने अपील गरिएको छ। छलफलमा यस पहल साथै वायु ऊर्जाको सम्भावनाको खोजी गर्ने सुझाव पनि समावेश गरिएको थियो। सहभागीहरूले योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि विशेष गरी ग्रामीण क्षेत्रहरूमा सचेतनामाथि जोड़ दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement