गान्तोक: राज्यका पर्यटन विभाग मन्त्री छिरिङ टी. भोटियाले आज कलकत्तामा सञ्चालित सिक्किम हाउसको भ्रमण गरे। विशेष गरेर पर्यटन मन्त्री भोटियाले नागाल्याण्डमा आयोजना भइरहेको हर्नविल उत्सवको अवसरमा भ्रमण गरेका हुन्। भ्रमणको क्रममा पर्यटन मन्त्रीसँग विभागका प्रमुख सचिव सीएस राव, मुख्य अभियन्ता निरज प्रधान लगायत अन्यहरू पनि सामेल रहेका थिए। भ्रमणका क्रममा मन्त्री भोटियाले दुवै स्थानमा रहेका कर्मचारीसँग उनीहरुको कामको अवस्था र चुनौतीबारेमा अन्तरक्रिया गरे। उनले यस कासाथै उनले पर्यटन विभागद्वारा उपलब्ध गराइएको सुविधा र सेवाका बारेमा अन्तक्रिया गरे। मिडलटन स्ट्रिटमा रहेको सिक्किम हाउसको मर्मतसम्भारप्रति सन्तुष्टि व्यक्त गर्दै मन्त्रीले कर्मचारीहरूको प्रयासको प्रशंसा गरे।उनले साल्टलेक गेस्ट हाउसको तत्काल मर्मत गर्नुपर्नेमा जोड दिँदै यो विषयलाई प्राथमिकतामा राखेर सम्बोधन गर्न विभागलाई निर्देशन दिए।
सिक्किम सरकारले भारतका प्रदेशका प्रमुख शहरहरूमा सिक्किम गेस्ट हाउस निर्माण गर्ने लक्ष्य राखेर काम गरिरहेको बताए।