मेलबर्न(अष्ट्रेलिया): ईंग्ल्याण्डका पूर्व कप्तान माइकल भनको भनाईअनुसार, बोर्डर गावस्कर ट्रफी सीरीजअन्तर्गत पर्थमा खेलिएको पहिलो टेस्टमा हारको अवधि खतरनाक भारतविरुद्ध अष्ट्रेलियाई टीममा आक्रमकताको कमी थियो अनि आयोजक टीमको ब्याटिंग आफ्नो चरम सालहरूको नजिक पनि थिएन। अष्ट्रेलियाई टीम अहिले ६ दिसम्बरदेखि एडिलेडमा खेलिने डे-नाइट दोस्रो टेस्ट म्याचको तयारीमा जुटेको छ तर पर्थमा २९५ रनको हारले टीमलाई चिन्तित बनाएको छ। पर्थमा स्टार खेलाड़ीहरूले सुसज्जित अष्ट्रेलियाई ब्याटिंग क्रमको प्रदर्शन निराशाजनक रहेको थियो। विशेषहरी स्टीव स्मिथ र मार्नस लाबुशेन जस्ता ब्याटरहरूले प्रशंसकहरूलाई निराश गरेका थिए। यसको विपरीत यशस्वी जयसवाल र विराट कोहलीको शतकीय ईनिंग्स पर्थ टेस्ट म्याचको मुख्य आकर्षण थियो अनि यसले अष्ट्रेलियाई खेलाड़ीहरूलाई शारीरिक र मानसिक रूपले थकित पारेको थियो। यसैकारण भारतले दिएको ५३४ रनको लक्ष्य आयोजक टीमको निम्ति असम्भव लागिरहेको थियो।
भनको भनाइअनुसार, एकपल्ट आत्मविश्वास हासिल गरेपछि भारतको टीम खतरनाक बन्छ अनि पर्थमा खेलाड़ीहरूका मानसिकता र खेल्ने तरिका आक्रामक थियो। भनले भने, भारत एउटा खतरनाक टीम हो, विशेषगरी आत्मविश्वास हासिल गरेपछि उनीहरूलाई रोक्नु सजिलो हुँदैन। हामीले पर्थमा त्यही देख्यौं। उनीहरूसँग खेलमा जरूरी ऊर्जा र आक्रामक स्वाभाव छ। मेरो विचारमा भारत शीर्षमा थियो। मैदानमा उनीहरू अष्ट्रेलियाई टीमभन्दा अधिक आक्रामक थिए। अष्ट्रेलियाई टीमलाई केवल समय बिताउन खेलिरहेको थियो जस्तो लाग्यो। मैले अष्ट्रेलियाई टीममा कुनै आक्रामकता देखिन। मैले यशस्वी जयसवालविरुद्ध बाउन्सरको रणनीति देखिनँ। यसबाहेक मैदानमा कुनै मौखिक लड़ाइँ पनि भएन। अष्ट्रेलियाई टीममा पूर्व क्रिकेटर डेविड वार्नर जस्ता खेलाड़ीको कमी अनुभव भयो जो आफ्नो ब्याटिंग, मैदानमा मौखिक लड़ाइँ, स्लेजिंग र ठट्टाको माध्यमले ऊर्जा र आक्रामकता ल्याउँथे। यसबाहेक अष्ट्रेलियाई ब्याटरहरूका प्रदर्शन झन् हताशाजनक रह्यो।