काठमाण्डू: क्षितिज नाट्य प्रतिष्ठान नेपालका संस्थापक केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ महाअभियानका कार्यबाहक अध्यक्ष समेत रहेका माधब कल्पित पक्राउ परेको ७ दिन पछि मंगलबार काठमाण्डू जिल्ला प्रशासन कार्यालय मार्फत रिहा भएका छन्।
गत मंसिर १२ गते(नवंबर २७)मा अनामनगर स्थित प्रहरी बृतबाट उनलाइ नेपाल प्रहरीको सिआइबिले सोधपुछका लागि भनी नियन्त्रणमा लिएको हो।
सोधपुछका लागि लगिएका कल्पितलाइ साइबर अनुसन्धानका लागि भन्दै पक्राउ र थुनुवा पुर्जी बुझाइ अनुसन्धान राखिएको २४ घण्टा पछि केही नभेटिएको र दरवार मार्ग प्रहरी बृतमा पुर्याएर छाड्ने तर पछि त्यहॉबाट पुन अघिल्लो दिनको पक्राउ पुर्जी बरामद गरि अभद्र ब्यवहार सम्बन्धि पक्राउ पुर्जी र थुनुवा पुर्जी थमाउदै षडयन्त्र पूर्ण रूपमा फसाइ सरकारी वकिल कार्यालयमा पुरयाए। यसरी सरकारका बर्दिधारी राष्ट्र सेवक प्रहरीबाट भएको दमन र अन्यायका बिरुद्ध कल्पितले हिरासत भित्रै जल त्याग गरि आमरण अनशन सुरु गरेपछि उनको स्वास्थ्यमा गम्भीर समस्या देखियो। परिवारजनले कल्पितको सत्याग्रह र दवाव पछि अन्तत १३ गते(नवंबर २८) को राति उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइयो। वीर अस्पतालको समेत स्वास्थ सेवामा लापरवाही देखिए पछि आफू अस्पतालबाटै असुरक्षित भएको भन्दै उनले जमल स्थित ग्राण्डि अस्पतालबाट सेवा लिन चाहे। उनलाई तुरुन्तै ग्राण्डी अस्पताल भर्ना गरियो। उनले आफ्नो अडान र अनशन जारी नै राखेl अन्तत २४ दिनका लागि भनी नियन्त्रणमा लिइएका कल्पित जिल्ला प्रशासन कार्यालयबाट ७ दिनमा रिहा भएका छन। रिहा भए पश्चात् श्री पशुपति नाथको दर्शन गर्दै अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईं संगको भेट पश्चात् उनले अनशन तोडेको उनकि धर्मपत्नी सुजना खतिवडाले जानकारी दिइन्। कलाकर्मी तथा अभियन्ता कल्पितले सरकारको गिरफ्तारीले आफुलाई अन्याय र अत्याचार बिरुद्ध अझ ससक्त भएर आगामी दिनमा लड्ने प्रेरणा मिलेको भनाइ राख्छन्।