२ करोडको लागुऔषध बरामद, एक युवकलाई पक्राउ

Aressted

कोलकाता: दक्षिण २४ परगना जिल्लाको घुटियारी शरीफमा बुधबार एक युवकलाई पक्राउ गरिएको छ, जसको साथबाट २ करोड रुपियाँ बराबरको लागुऔषध बरामद भएको छ। पक्राउ परेका युवकको पहिचान अब्दुल मोल्लाह रहेको छ। हालै गुटियारी शरीफका एक व्यक्तिलाई लागुऔषधको खेप पुर्‍याएको सूचना पाएको जिल्ला पुलिस  स्रोतले जनाएको छ। सोहीअनुसार, बुधबार बिहान डीएसपीको नेतृत्वमा पुलिस  टोलीले मोल्लाको निवासमा छापा मारेको थियो। अभियुक्त भाग्न नपओस् भनेर छापा मार्ने समय तोकिएको जिल्ला पुलिस अधिकारीले बताए। छापा मार्ने क्रममा पुलिसले लागुऔषधसहित मोल्लालाई पक्राउ गरेको छ। उनको साथबाट केही नगद समेत बरामद भएको छ। पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालतमा पेश गरी सरकारी वकिलले पुलिस हिरासतमा राख्न माग गर्नेछन्। पक्राउ परेका युवक पश्चिम बङ्गालको पूर्वी बर्दवान जिल्लाको मंगलकोटका बासिन्दा हुन् र भर्खरै घुटियारी शरीफमा बस्न थालेका थिए। हालसम्मको अनुसन्धान अनुसार उनी घुटियारी शरीफ आउनुको कारण लागुऔषधको खेप प्राप्त गर्नु नै थियो। जिल्ला पुलिस स्रोतका अनुसार, घुटियारी शरीफ लागुऔषध ओसारपसार लगायतका गैरकानुनी गतिविधिको केन्द्रका रुपमा चिनिन्छ। तर, त्यहाँबाट यति ठूलो परिमाणमा लागुऔषध बरामद भएको पछिल्लो समय पहिलो पटक भएको उनले बताए। पक्राउ परेका युवा सीमापारबाट लागुऔषध ओसारपसार गर्ने गिरोहको सदस्य हुनसक्ने आशंका अनुसन्धान अधिकारीहरुले गरेका छन्। बरामद गरिएको लागुऔषध कहाँबाट आयो र कहाँ तस्करी गर्न लागिएको हो भन्ने बारे पुलिसले सोधपुछ गरिरहेको छ। पुलिसले अभियुक्तसित संलग्न अन्य व्यक्तिहरुको पनि खोजी गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement