सिक्किमका मुख्यमन्त्रीद्वारा महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीसॅंग भेट

मुम्बई: आज महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीसॅंग मुम्बईस्थित राजभवनमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले शिष्टाचार भेट गरे। मुख्यमन्त्रीले न्यानो आतिथ्यका लागि राज्यपालप्रति कृतज्ञता व्यक्त गरे। उनले कोश्यारीको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे।
यसै गरी, मुख्यमन्त्रीले आज महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदेसॅंग पनि मुम्बईमा शिष्टाचार भेट गरे। यस भेट अवधि मुख्यमन्त्रीले शिंदेलाई भविष्यका प्रयासहरूका लागि शुभकामना दिए। उनले शिंदेको नेतृत्व अनि मार्गदर्शनमा महाराष्ट्रले शिखरमा पुग्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्रीले महाराष्ट्रका उप मुख्यमन्त्री देवेन्द्र फडणवीससॅंग पनि उनको मुम्बईस्थित सरकारी आवासमा शिष्टाचार भेट गरेका छन्। उनले उप मुख्यमन्त्रीलाई उनका नयॉं भूमिका र भविष्यका प्रयासहरूका लागि शुभेच्छा व्यक्त गरे।

उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङ नवी मुम्बईको खारघरमा सिक्किम सुस्वास्थ्य भवन निर्माणको शिलान्यास कार्यक्रमका लागि मुम्बई गएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement