- सिक्किममा दुई परियोजनासहित परियोजनाहरूका लागि कुल ३२९५ करोड रुपियाँको लागत मञ्जुरी
- भालेढुङ्गामा स्काईवाकका लागि ९७.३७ करोड रुपियाँ र नथुलामा सीमा अनुभवका लागि ६८.१९ करोड रुपियाँ मञ्जुरी
- नोकरीका ९० भन्दा अधिक नयाँ अवसर सिर्जना गर्नु, स्थानीय अर्थतन्त्रलाई उत्प्रेरित गर्नु र पर्यटन पूर्वाधारलाई वृद्धि गर्नु
गान्तोक: भारत सरकारले देशभरिका २३ राज्यमा पर्यटक स्थलहरूको विकासका लागि ४० परियोजनालाई मञ्जुरी दिएको छ। यी परियोजनाहरूको कुल लागत ३२९५ करोड रुपियाँ रहेको छ। यी परियोजनाहरूलाई भारत सरकारको पर्यटन मन्त्रालयको पूँजी निवेशका लागि राज्यहरूलाई सहयोग योजना (एसएएससीआई) अन्तर्गत मञ्जुरी दिइएको छ। यो योजनाले देशमा पर्यटन पूर्वाधारको विकास र पर्यटन प्रवर्द्धनका लागि राज्यहरूलाई आर्थिक सहायता प्रदान गर्ने लक्ष्य राखेको छ। सिक्किम यी परियोजनाहरूबाट लाभान्वित हुने राज्यहरूमध्ये एक हो। राज्यका लागि भालेढुङ्गा, याङ्गाङ, नाम्चीमा स्काईवाक र नाथुलाको सीमा अनुभवन लगायत दुईवटा परियोजना स्वीकृत भएका छन्।

भालेढुङ्गा, याङ्गाङ, नाम्चीमा स्काईवाक
परियोजनाको लागत ९७.३७ करोड रुपियाँ रहेको छ र यो भालेढुङ्गा, याङ्गाङ, नाम्ची, सिक्किममा अवस्थित छ। दक्षिण सिक्किम जिल्लाको मुख्यालय नाम्ची एक उदीयमान पर्यटक गन्तव्य हो जुन यसको आध्यात्मिक महत्त्व र मनोरम सौन्दर्यको लागि परिचित छ। याङ्गाङ नाम्ची जिल्लाको सबैभन्दा सानो महकुमा मध्येको एक हो, जुन भालेढुङ्गा चुचुरोको फेदमा अवस्थित मैनाम वन्यजन्तु अभयारण्यले घेरिएको।

परियोजनाको उद्देश्य सिक्किमलाई परम पारिस्थितिकी पर्यटन गन्तव्यको रूपमा दस्तावेजीकरण गर्नका लागि विश्व स्तरीय प्रकृति प्रशंसा उत्पादको विकास गर्नु हो। यस परियोजनामा भालेढुङ्गा चुचुरोमा ३२०० मिटरको उँचाइमा २४० मिटर लामो स्काईवाकको निर्माण सामेल छ, जुन ३.५ किलोमिटर लामो रोपवे र अत्यावश्यक सहायता सुविधाहरूबाट पहुँच गर्न सकिनेछ।परियोजनाका घटकहरूमा २४० मिटर लामो एक गोलाकार ग्लास बटम वाकवेको निर्माण सामेल छ, जसमध्ये करिब १०० मिटर स्टिल गर्डर र केबल व्यवस्थाद्वारा समर्थित भालेढुङ्गाको किनारबाट अगाड़ि हुनेछ। यस अतिरिक्त, १००-१५० मिटर लामो फ्युनिक्युलरले आगन्तुकहरूलाई भालेढुङ्गा रोपवे माथिल्लो टर्मिनलबाट स्काइवाकसम्म लैजानेछ, जुन मैनाम वन्यजन्तु अभयारण्यको हरियाली वन हुँदै जानेछ। चिकित्सा कक्ष, अनुकूलन हल, कार्यालय/सञ्चालन कक्ष आदि डस्ता पूर्वाधार सुविधाको पनि निर्माण गरिनेछ। यसका साथै यस परियोजनाबाट स्थानीय मानिसहरूका लागि ६१ वटा रोजगारी सृजना हुने अपेक्षा गरिएको छ।
नथुलामा सीमा अनुभव
यो परियोजनाको लागत ६८.१९ करोड रुपियाँ छ र यो सिक्किमको नथुला पासमा अवस्थित छ। पूर्वी हिमालयमा भारत-चीन सीमामा १४,१४० फिटको उँचाइमा अवस्थित नाथुला पास एक महत्वपूर्ण भूराजनीतिक स्थल र लोकप्रिय पर्यटकीय गन्तव्य हो।यस परियोजनाको उद्देश्य नथुला पासमा आगन्तुक र सैन्य कर्मचारीहरूको बढ्दो संख्यालाई समायोजन गर्नका लागि व्यापक पार्किङ समाधान विकास गर्ने र सम्बन्धित पूर्वाधारमा सुधार गर्नु हो।

परियोजनाका घटकहरूमा पार्किङ ब्लक, पर्यटक सूचना केन्द्र, क्याफेटेरिया, चिकित्सा सहायताका लागि अस्पताल, शौचालय ब्लक, पैदल मार्ग, मनोरञ्जन स्थल र बस्ने ठाउँहरू सामेल छन्। यस परियोजनाको उद्देश्य क्षमताको विस्तार, गर्नु, भीडभाडलाई कम गर्नु र समग्र आगन्तुकको अनुभवलाई बढाउनका लागि अतिरिक्त पर्यटकीय सुविधाका साथ १,५०० पार्किङ स्थल विकास गर्नु हो। यस अतिरिक्त यो परियोजनाले स्थानीय मानिसहरूका लागि लगभग ३० रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र सिक्किमको समग्र पर्यटक अनुभवलाई बढाउने अपेक्षा गरिएको छ। -पीआईबी