एसकेएममाथि पूर्वमुख्यमन्त्री पवन चामलिङले लगाए गम्भीर आरोप

WhatsApp-Image-2024-12-04-at-17.14.09

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)का  अध्यक्ष तथा पूर्वमुख्यमन्त्री पवन चामलिङले सिक्किमको सत्तारुढ दल  सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)माथि गम्भीर आरोप लगाएका छन्l वर्ष २०२४ को सिक्किम विधानसभा चुनावमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले कालोधन, गरीब आवास योजनासहित अन्य योजनाहरूको नकली आवन्टन अर्डर र नकली नियुक्ति आदेश बाँड्ने, बाहुबल प्रयोग गर्ने, धर्म र जातिको राजनीतिकरण गर्ने, सरकारी संयन्त्रको दुरुपयोग, भोटिङ मशिनमा छेडछाड गर्ने जस्ता हतकण्डाहरू अप्नाएर चुनाव जितेको एसडीएफका पवन चामलिङले आरोप लगाएका छन्। लामो समयसम्मको मौनतालाई तोड्दै उनले आज एसकेएम र सरकारमाथि तिखो प्रहार गरेका छन्। २०२४ को चुनावमा एसडीएफको मात्र पराजय नभएर सम्पूर्ण सिक्किमेली जनताको पराजय भएको उनको बताएका छन्। आज आफ्नो सोसियल मिडिया पेजमा चतामलिङले यसरी चुनावी परिणाममाथि आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भनेका छन्, “चुनावमा कुनै पनि राजनीतिक पार्टीको हार या जीत हुन्छ तर त्योभन्दा बढी महत्त्वपूर्ण विषय भनेको चुनावमा जनता हार्नु हुँदैन। यस चुनावमा एसडीएफको हारसँगै सिक्किमे जनताले पराजय भोग्नुपऱ्यो, जसमा सिक्किमेली समुदायको भविष्य, हाम्रो अधिकार, सुरक्षा अनि सिक्किमेको विशिष्ट चिन्हारी प्रभावित भएको छ।” पवन चामलिङले अगाडि भनेका छन्, “यस चुनावको परिणामबाट अवश्यै  एसडीएफ समर्थक निराश हुनसक्छन् तर चाँडै सिक्किमका सम्पूर्ण जनताले यसको परिणाम भने  भोग्नैपर्छ। यसैले प्रत्येक चुनावमा सिक्किमे जनताको जीत हुनु आवश्यक छ। किनभने, उनीहरूको जीतले नै राज्यको प्रगति र भविष्यलाई सुनिश्चित गर्दछ।” लोकतन्त्रको मुख्य उद्देश्य जनतालाई सशक्त बनाउनु, मानवतालाई माथि उठाउनु अनि राष्ट्रको वृद्धि एवं समृद्धिलाई रक्षा गर्नु हो भन्दै  चामलिङले सिक्किमको हितमा काम गर्न सम्पूर्ण सिक्किमेलाई एकजुट हुन आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement