कृषकहरुलाई अस्सी प्रतिशत सब्सिडीमा कृषिमा चाहिने यन्त्रहरू प्रदान

IMG-20241204-WA0148

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिविटारको बाघमारा बस्तीमा कृषकहरुलाई चाहिने विभिन्न यन्त्रहरू अस्सी प्रतिशत सब्सिडीमा प्रदान गरिएको छ। उक्त यन्त्रहरू प्रदान गर्नलाई आज कृषि विभागको जिल्ला, महकुमा र खण्डबाट पदाधिकारीहरु उपस्थित रहेका थिए। यस अवसरमा बाघमारा बस्तीमा रहेको बाघमारा एफपीसी लिमिटेडलाई कृषि कार्यमा चाहिने विभिन्न यन्त्रहरू अस्सी प्रतिशत सब्सिडीमा प्रदान गरिएको छ। उक्त कृषि यन्त्रहरुमा खेतबारी जोत्ने यन्त्र, धान धान, हर्दी, तोरी आदि पिस्ने यन्त्रहरू अस्सी प्रतिशत सब्सिडीमा प्रदान गरिएको छ। उक्त यन्त्रहरू वरिपरिका कृषकहरुले कम मूल्यमा बाघमारा बस्तीबाट लान पनि सकिने बताइएको छ। उक्त प्रकारका विभिन्न यन्त्रहरु जीटीए क्षेत्रभरिमा नै बाघमारा बस्तीमा वितरण गरिएको दाबी गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कृषि विभाग खरसाङ खण्डको सह निर्देशक दिवस तामाङले बाघमारा बस्तीमा रहेको कृषकहरुका एफपीसीलाई अस्सी प्रतिशत सब्सिडीमा कृषिमा चाहिने यन्त्रहरू प्रदान गरिएको बताएका छन्।

उनले ती यन्त्रहरू अन्य क्षेत्रका कृषकहरुले कम मूल्यमा भाँडामा लान सक्ने बताएका छन्‌। यसै क्रममा पञ्चायत समिति सदस्य कुसाङ लामाले कृषकहरुलाई यन्त्रहरू अस्सी प्रतिशत सब्सिडीमा प्रदान गरिएको आभार प्रकट गरेका छन्। उनले प्रदान गरिएको यन्त्रहरूमा खेतबारी जोत्ने‌ यन्त्र, धान, हर्दी, तोरी आदि पिँध्ने यन्त्रहरू रहेको बताएका छन्‌।

लामाले यस प्रकारका कृषि यन्त्रहरु वितरण जीटीए क्षेत्रमा नै प्रथम रहेको बताएका छन्।‌ उनले यी कृषि यन्त्रहरु वरिपरि क्षेत्रका कृषकहरुले कम मूल्यमा भाँडामा लान सक्ने पनि बताएका छन् र खरसाङ खण्ड पञ्चायत समिति सदस्य कुसाङ लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement