राष्ट्रिय खेल दिवसको अन्तर्गत एनएसएस स्वयंसेवकहरूकाे स्वदेशी खेलहरू प्रदर्शन

गान्तोक: राष्ट्रिय खेल दिवसको अवसरमा आज प्रथम पूर्वोत्तर एनएसएस उत्सव अन्तर्गत पूर्वोत्तर राज्यहरूका एनएसएस स्वयंसेवकहरूले आआफ्नो जातिय समुदायका स्वदेशी खेलहरू प्रदर्शन गरे। नागाल्याण्डका एनएसएस स्वयंसेवकहरूले नागा कुस्ती प्रस्तुत गरे भने मिजोरमका एनएसएस स्वयंसेवकहरूले कक् फाइट खेल प्रदर्शन गरेका थिए।

पाल्जोर स्टेडियम र मनन केन्द्रमा आयोजित कार्यक्रमहरूमा जुम्बा सत्र, स्वदेशी खेल प्रदर्शन, सीवी तयारीबारे कार्यशाला, जीवन कौशल प्रशिक्षण आदि गतिविधिहरू सम्पन्न गरियो। यसै गरी, विभिन्न राज्यका स्वयंसेवकहरूले गीत, संगीत र वाद्यवादन कार्यक्रम पनि प्रस्तुत गरेका थिए। यसै क्रममा राज्य संस्कृति विभागका कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement