इम्फाल(मणिपुर): मणिपुर पुलिसले केसीपी (पीडब्लूजी)- का चारजना कार्यकर्ताहरूलाई पक्राउ गरेको छ। उनीहरूका साथबाट हतियार र गोला-बारूदहरू बरामद गरिएको छ। सो घटना काकचिंग जिल्लाको लामखोईमा भएको हो।
पुलिसले मंगलवार सो घटनाबारे जानकारी गराउदै पक्राउ पर्नेहरूको पहिचान संधम प्रेमकुमार सिंह उपनाम लिकाई (४५), सैखोम सिदान सिंह (३३), नोंगमाईथेम हरिदास सिंह (५६)र खुंडोगबाम तोम्बा सिंह (४०)- को रूपमा भएको छ भने यिनीहरू सबै काकचिंग, लमखाईका निवासी हुन्। यिनीहरू माथि रकम असुली तथा अवैध हतियार राखेको आरोप छन् भने यिनीहरूको साथबाट एउटा ७.२६x२५ मिमी एम२० पेस्तोल र म्यागज़िनसहित, तीनवटा ७.२६x२५ लाइभ राउण्ड, पाँचवटा मोबाइल फोन, एउटा चारचक्के वाहन, केसीपी (पीडब्ल्यूजी)- को माग पत्र तथा केसीपी (पीडब्ल्यूजी)- को ८० प्रति चन्दा रसिद बरामद गरिएको छ।
पुलिस र सुरक्षा बलहरूले आफ्नो संयुक्त अभियानलाई तीव्रता दिएका छन्। हिमाली एवं उपत्याका दुवै जिल्लाहरूमा व्यापक खोजी अभियान संचालन गरिरहेका छन्।