हेरोइनसहित एक जना कारोवारी पक्राउ

VVMAEP9StyjiscOvELUU

गुवाहाटी(असम): स्पेशल टास्क फोर्स (एसटीएफ)- को टीमले पल्टन बजार थाना क्षेत्रको उलुबारीबाट एकजना लागु औषधका काटोवारीलाई पक्राउ गरेको छ l सो घटनामा कारोवारीबाट १६.११ ग्राम हेरोइन, एक थान मोबाइल , एक थान साबुनदानी र एउटा अटो रिक्शा (एएस-०१एससी-०२१५) बरामद गरेको छ।
पुलिस मुख्यालयद्वारा दिइएको सूचना अनुसार तस्कर सहित बरामद गरिएका लागु औषध र अन्य सामग्रीहरूलाई पल्टन बजार थाना पुलिसलाई अनुसन्धानको निम्ति बुझाएको छ। तस्करको पहिचान रोहित बस्फोर (२५), निवासी आमबारी रेलवे कलोनी, कालीबाड़ी, कामरूप-एमको रूपमा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement