सिलगढी: डकैती गर्नुअघि प्रधाननगर प्रहरी चौकीले ३ अभियुक्तलाई पक्राउ गरेको छ। सिलगढीको वडा नम्बर १ अन्तर्गतको बीआरआई कालोनीको गेट बजार क्षेत्रमा हिजो राति एउटा ठुलो आपराधिक घटना गर्न पेशेवर गिरोह जम्मा भएको बताइएको छ। त्यहॉ सो कुराको सुईको लाग्ने बित्तिकै प्रधाननगर प्रहरी चौकीले अभियान चलाएर लुटपाटको योजनालाई असफल बनाई दिएको छ।
तर, प्रहरी आएको थाह पाएपछि केही अपराधीगिरोहका सदस्यहरू भाग्न सफल भएका छन्। तर, सो क्रममा ३ जना अपराधीलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकाहरुबाट प्रहरीले धारिलो हतियार समेत बरामद गरेको छ। यी सबै आरोपी सिलगढीका बासिन्दा रहेको बताइएको छ। आज तीनै आरोपीलाई सिलगढी अदालतमा पेश गरिएको छभने गिरोहका बाँकी सदस्यहरुको खोजी सुरु गरेको प्रहरीले जनाएको छ।