प्रतिभाशाली फूटबलर तुषार आईएसएल क्लब मोहन बगान सुपर जाइण्ट्समा सामेल

IMG-20241204-WA0123

सिलगढ़ी: सिलगढ़ीका प्रतिभाशाली युवा फूटबलर तुषार विश्वकर्माले आफ्नो अनुशासित जीवनशैली र कठोर मेहनतको साथमा निरन्तर उत्कृष्ट प्रदर्शनको सहायताले कलकत्ताको अग्रणी क्लब क्लब मोहन बगान सुपर जाइण्ट्समा स्थान पाएका छन्। उनलाई चाड़ै आईएसएल क्लबको रिजर्भ टीममा देखिनेछ। सिलगढ़ी युनाइटेड फूटबल क्लबबाट करियरको शुरुवात गर्ने तुषारले यसअघि प्रतिष्ठित सीएफएल-मा कालीघाट मिलन संघको प्रतिनिधित्व गर्दै आफ्नो छाप छोड़ेका थिए। उनले यसपाली सिलगढ़ी युनाइटेड क्लबको सहायता तथा पूर्व दिग्गज फूटबलर भाइचुङ भूटिया र प्रशिक्षक विशाल बान्तावाको मार्गदर्शनमा भारतको शीर्ष क्लबको प्रतिनिधित्व गर्ने अवसर हासिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement