सिलगढी: सन्दकफु घुम्न जाने क्रममा एक पर्यटकको मृत्यु भएको छ। पुलिस स्रोतका अनुसार मृत्यु हुनेको नाम अंकिता घोष (२८) बताइएको छ। उनी मुकुन्द दास रोड, अशोकनगर, दमदम, उत्तर २४ परगनाकी निवासी बताइएको छ। दुई दिनअघि उनी साथीहरूसँग पहाडमा आएकी थिइ । साथीहरूसँग सन्दकफु गइन्। मंगलबार त्यहाँबाट फर्केर राति तुङलिङमा बसेकी थिइन्। मध्यरातमा अचानक उनको स्वास्थ्य बिग्रियो साथीहरूले उनलाई सुखियापोखरी ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याए। उनको अवस्था गम्भीर रहेकाले चिकित्सकले उनलाई दार्जीलिङ जिल्ला अस्पतालमा रेफर गरे। अंकितालाई त्यहाँ लैजाँदा ड्युटीमा रहेका डाक्टरले मृत घोषणा गरे।