प्रतिबन्धित खोकी सिरप सहित दुई जना पक्राउ

IMG-20241204-WA0121

सिलगढी: एक सूचनाको आधारमा, सिलगढी महानगरीय प्रहरी भक्तिनगर थाना का सफेद पोशाकका पुलिसकर्मीले प्रतिबन्धित खोकी सिरप सहित दुई आरोपीहरूलाई पक्राउ गरेको छ। उनीहरुबाट एउटा गाडी पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका आरोपीहरूको नाम रोशन शंकर र राहुल सिंह बताइएको छ। रोशन शंकर सिक्किमको रम्बी बजार क्षेत्रका बासिन्दा हुन्। जबकि राहुल सिंह कमला नगर सलुगरा निवासी रहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार मंगलबार राति गोप्य सूचनाका आधारमा वार्ड नंबर ४२ को छयनपाडा क्षेत्रमा प्रहरीले अभियान चलाएर दुवै युवालाई पक्राउ गरिएको थियो। सो क्रममा उनिहरुको साथबाट एक झोला बरामद भएको थियो। जसमा ६० थान प्रतिबन्धित कफ सिरप रहेको बताएको छ। त्यसपछि दुवै पक्राउ परेका थिए। आज दुवै आरोपीलाई जलपाईगुडी जिल्ला अदालतमा पेश गरिएको छ। प्रहरीले सो घटनालाई लिएर अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement