सांसद भगबती चौधरी वल्र्ड बुकअफ रेकर्डद्वारा सम्मानित

IMG-20241204-WA0042

काठमाण्डू: नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद भगबती चौधरी सम्मानित भएकी छिन्।
बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ। सांसद चौधरीलाई २ डिसेम्बरमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement