गोली हानेर धरानबाट २ गाडी गाँजा बरामद

IMG-20241204-WA0041

सुनसरी: सुनसरीको धरानस्थित शिवधाराबाट गोली हानेर प्रहरीले मंगलबार राति २ गाडी गाँजा नियन्त्रणमा लिएको छ।
लागुऔषध गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि गोली हान्नु परेको प्रहरीले जनाएको छ। गाँजा लिएर धरानतर्फ आउँदै गरेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।
त्यस क्रममा चालक भाग्न खोजेका थिए। चालकलाई नियन्त्रणमा लिन ४ राउण्ड गोली चलाउनु परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए। प्रहरीले २ वटा गाडीबाट ६ सय किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ।
चालकमध्ये १ जना पक्राउ परेका छन्। अर्का फरार छन्। प्रहरीले गाडी नम्बर र चालकको नाम खुलाएको छैन। यस विषयमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीको तयारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement