मंगन जिल्लास्तरीय नार्को समितिको समन्वय बैठक

IMG-20241203-WA0251

गान्तोक: मंगन जिल्लास्तरीय नार्को समितिको एक समन्वय बैठक आज जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। मंगन जिल्लाका अतिरिक्त जिल्लापाल पेमा वाङछेन नामकर्पाको अध्यक्षतमा सम्पन्न बैठकमा अतिरिक्त पुलिस अधिक्षक मनि कुमार तामाङ, शिक्षा विभागका सीइओ डेबिड ग्याम्छो लगायत राज्यमा सञ्चालित विभिन्न पूर्नवास केन्द्रका प्रभारीहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा विशेष गरेर गत दिनमा सम्पन्न भएको बैठकमा लिएका निर्णय साथै प्रस्तावहरूको कार्यान्वयन गर्नको साथै समीक्षा गरियो। बैठकमा अतिरिक्त पुलिस अधिक्षक मनि कुमार ताङले मंगन जिल्लामा ड्ग्सको मुद्दाहरूबारे जानकारी गराउँदै पहिलाको तुलनामा ड्रग्सको मुद्दामा केही कमी आएको अवगत गराए। उनले जिल्लाका विद्यालयमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको बताए। उल्लेखनीय छ, मंगन जिल्लाका छवटा विद्यालयका विद्यार्थी प्रहरी क्याडेट योजना अन्तर्गत विद्यार्थीहरूमा अनुशासन र सामाजिक उत्तरदायित्व जगाउने उद्देश्यले अपराध रोकथाम र लागुऔषध दुरुपयोग सम्बन्धी चेतना जगाउने उद्देश्यले विशेष पाठ्यक्रमलाई एकीकृत गरेका छन्।
यसै क्रममा मङ्गन पुर्नवास केन्द्रका प्रभारी नरसियस लेप्चाले सामाजिक कार्यक्रमहरू र चेतनामूलक पहलहरूमा आफ्नो संस्थाको सीमित संलग्नताबारेमा चिन्ता व्यक्त गरे। उनले पुनर्वास प्रयासमा केन्द्रको प्रशंसनीय ट्र्याक रेकर्डमा जोड दिए र यसको प्रभावकारितालाई अझ बढाउनका लागि सल्लाहकारको आवश्यकतामाथि ध्यान केन्द्रित गराए।सोही प्रकारले अतिरिक्त जिल्लापाल पेमा वाङ्चेन नामकर्पाले आफ्नो सम्बोधनमा लागुऔषध दुरुपयोगको समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना केन्द्रका कर्मचारीहरूको प्रतिबद्धताको प्रशंसा गरे। उनले समाज कल्याण प्रवर्द्धनमा प्रशासनको सहयोगलाई दोहोर्‍याउँदै भविष्यमा हुने सामाजिक कार्यक्रमहरू र चेतनामूलक कार्यक्रमहरूमा केन्द्रको सक्रिय सहभागिता सुनिश्चित गर्न पहल गरिने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement