राङगाङ-याङयाङमा रोलू दिवसको तयारी

IMG-20241203-WA0250

गान्तोक: राङगाङ-याङयाङ निर्वाचन क्षेत्रका एसकेएम पार्टी कार्यकर्ताहरूले पार्टीको आगामी १६औं रोलू दिवसको तयारीलाई लिएर समन्वय बैठक गऱ्यो। अप्पर याङ्गाङस्थित सामुदायिक भवनमा सम्पन्न सभाको अध्यक्षता समष्टि विधायक तथा विधानसभा उपाध्यक्ष राजकुमारी थापाले गरेकी थिइन्। बैठकमा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले एसकेएम परिवारका लागि रोलू दिवसको महत्त्वलाई जोड दिए। उनले कार्यक्रमको तयारीमा जुट्न र राङगाङ-याङगाङ निर्वाचन क्षेत्रबाट व्यापक सहभागिता सुनिश्चित गर्न सबै पार्टी कार्यकर्तालाई आग्रह गरे। सभाध्यक्ष राजकुमारी थापाले गाड़ीको व्यवस्थापन, प्रचारप्रसार, पार्टी कार्यालय तथा बजारको सुन्दरीकरण, झण्डोत्तवलन, स्वयंसेवी समन्वय लगायतका काममा जोड़ दिइन्। थापाले जन समन्वयको महत्वमा जोड दिँदै रोलू दिवस भव्य रुपमा सफल बनाउन सबैलाई एकताका साथ काम गर्न आह्वान गरिन्। पार्टीका वरिष्ठ सदस्यहरूले तयारीलाई थप सुव्यवस्थित गर्न सुझावहरू साझा गरेका थिए। आजको सभामा विधानसभा उपाध्यक्ष थापा, मुख्यमन्त्रीका राजनीतिक सचिव बस्नेतसहित मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, केन्द्रीय कार्यकारी समितिका उपाध्यक्ष आरके बस्नेत, पञ्चायत प्रकोष्ठका सीएल गुरुङ आदिको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement