एनइपी फाउन्डेसनले पालन गर्‍यो ११औं स्थापना दिवस तथा प्रि-क्रिसमस समारोह

photocollage_2024123235016120

गान्तोक: कर्णाटकाको बैंगलोरमा सञ्चालित एनइपी फाउन्डेसनले ११ औं स्थापना दिवस तथा प्रि-क्रिसमस समारोह बैंगलोरको कोरोमंगला प्रेक्षागृहमा भव्यताका साथ पालन गऱ्यो। यस कार्यक्रममा सिक्किम राज्यका मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए साथै सेन्ट्रल पाण्डामका जिल्ला अध्यक्ष विवेक छेत्री विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा दार्जिलिङकी सामाजिक अभियन्ता एवं कलाकार शितल सुब्बाले स्वागत सम्बोधन राखेकी थिइन्‌ भनेदेखि संस्थाका अध्यक्ष डाक्टर राहुल राईले एनइपी फाउन्डेसनको इतिहासबारे जानकारी गराए। कार्यक्रममा आयोजकको पक्षबाट प्रमुख अतिथि जेकब खालिङ साथै विशिष्ट अतिथि विवेक छेत्रीलाई अंग वस्त्र साथै सम्मान पत्र प्रदान गरेर अभिनन्दन जनाइयो । आफ्नो सम्बोधन राख्ने क्रममा प्रमुख अतिथि जेकब खालिङले यस भव्य कार्यक्रमा सिक्किमबाट आफूलाई आमन्त्रण गरेर सहभागी हुने अवसर प्रदान गरेकोमा साथै सम्मान जनाएकोमा आयोजक पक्षप्रति कृतज्ञता प्रकट गरे। कार्यक्रममा विभिन्न ठाउँहरुबाट आएका नेपालीहरुसँग भेट्ने अवसर प्राप्त भएकोमा हर्ष प्रकट गर्दै विश्वमा भइरहेको विकासको पराकाष्ठामा नेपालीहरु पछि परेका छैनौं भन्ने मन्तव्य पोखे। एनईपीले विगत १२ वर्षदेखि उत्तर पूर्वीय भारतका मात्र नभएर विभिन्न ठाउँबाट बैंगलोरमा रहने नेपालीहरुको सुरक्षा साथै हितमा गरिरहेको कार्यको प्रशंसा गर्दै हालमा यस ठाउँमा रहने नेपालीहरु यस संस्थाको छाहारीमा सुरक्षित रहेको बताए। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि सरकारकोतर्फबाट एनइपी फाउन्डेसन साथै बैंगलोरमा रहेको सिक्किम विद्यार्थी संघलाई पनि आगामी दिनमा आर्थिक सहयोग प्रदान गर्ने सन्देश पठाएको कुरा अवगत गराए। आजको कार्यक्रममा दार्जिलिङ क्षेत्रबाट पनि धेरैजनाको उपस्थिति रहेकोमा हर्ष प्रकट गर्दै दार्जिलिङ र सिक्किमको सम्बन्ध सधै सुमधुर रहनेछ र दार्जिलिङलाई दुख्दा सिक्किम सदैव दार्जिलिङसँग उभिनेछ भन्दै दुई क्षेत्रको राजनीतिक विषयहरु भिन्ना भिन्नै भएपनि सम्बन्धलाई सधैं प्रगाड र मैत्रीपूर्ण बनाइराख्नु पर्ने बताए। कार्यक्रममा सुन्दर ढंगमा क्रिसमस सम्बन्धी सुन्दर कार्यक्रमको प्रस्तुति भएकोमा खुशी प्रकट गर्दै सबैलाई उनले क्रिसमसको शुभकामना दिए। सम्बोधनको अन्तमा सिक्किममा सरकारले गरिरहेको विभिन्न योजनाहरुबारे जानकारी दिँदै सिक्किममा विभिन्न धर्म र जातका मानिसहरु प्रेम र एकतामा बसिरहेको साथै सरकारले जनतालाई विभिन्न योजना अन्तर्गत भौतिक सुविधाहरु प्रदान गरिरहेको कुरा उल्लेख गर्दै सिक्किमलाई स्वर्गको नमुना राज्य रहेको बताए। सिक्किमका विद्यार्थीहरुलाई भविष्यमा आत्मनिर्भर सिक्किम बनाउने कार्यमा हात बढाउने आव्हान गर्दै सरकारी नौकरी पाउने लक्ष्य लिएर होइन तर उद्यामी बनेर अन्यलाई नौकरी प्रदान गर्ने लक्ष्य राख्ने पर्ने सुझाव दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement