लाखौं नक्कली नोटका साथ दिल्लीका युवक पक्राउ

IMG-20241104-WA0112

मालदा: स्पेशल टास्क फ़ोर्स (एसटीएफ) र कालियाचक थानाको पुलिसले बलियाडांगा इलाकामा संयुक्त अभियान चलाएर दई लाख जाली नोटसहित एकजना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने युवकको नाम आकाश स्वरूप (२५) पहिचान खुलेको हो उनी दिल्ली निवासी हुँन। आरोपीलाई मंगलवार मालदा जिल्ला अदालतमा पेश गरी रिमाण्डमा लिइएको छ।
एसटीएफले कालियाचक थानाका पुलिस अधिकारीले एकजना युवक भारत-बंगलादेश सीमा क्षेत्रबाट नक्कली नोटहरू एकत्र गरेर दिल्ली जाने तयारीमा थिए। त्यसपछिसो जानकारी पाउने बितिकै एसटीएफले कालियाचक थानाको पुलिससित संयुक्त अभियान संचालन गरी युवकलाई बलियाडांगा क्षेत्रबाट पक्राउ गऱ्यो। उसको ब्याग जाँच गर्दा त्यहाँभित्र ५सय दरको रुपियाँको चार सय नक्कली नोट भेटियो। त्यसपछि युवकलाई पक्राउ गरियो।
कालियाचकका एसडीपीओ फैसल राजाले भने, एसटीएफसित संयुक्त अभियान चलाएर दिल्ली निवासी एक युवकलाई नक्कली नोटहरुसित पक्राउ गरिएको छ। पुलिसले अरोपीलाई अदालतमा पेश गरी रिमाण्डमा लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement