मैदानमा बेहोश हुने फिओरेण्टिनाका मीडफिल्डर बोवे आईसीयू-मा

IMG-20241203-WA0242

रोम: इटलीको सेरि ए फूटबल लीगमा फिओरेण्टिनाका मीडफिल्डर एडोआर्डो बोवे इण्टर मिलानविरुद्ध म्याचको अवधि बेहोश भएर मैदानमा लड़े। उनलाई तुरन्तै नजिकको कारेगी अस्पतालमा भर्ना गरियो, जहाँ उनलाई आईसीयू-मा राखिएको छ। बाईस वर्षीय बोवे मैदानमा लड्नको साथै दुवै टीमका खेलाड़ीहरूले घेरे अनि तत्काल मेडिकल सहायता मागियो। त्यसपछि प्राथमिक उपचार दिँदै उनलाई स्ट्रेचरद्वारा मैदानबाट बाहिर लगियो अनि एम्बुलेन्सद्वारा अस्पताल पुऱ्याइयो। घटना म्याचको १६औं मिनटमा भयो। त्यसपछि म्याचलाई स्थगित गरियो। यसबीच बोवे एम्बुलेन्समै होशमा आएको अनि आफै सास फेर्न शुरु गरेको पनि खबर प्रकाशमा आएको छ। बोवेलाई हेर्न उनका माता-पिता र महिला मित्रको साथमा क्लबका निदेशक र शहरका मेयर पनि अस्पताल आएका थिए। फिओरेण्टिनाका अध्यक्ष रोको कमीसोले भने, बोवेको समर्थनमा हामी लगातार उनका परिवारसँग सम्पर्कमा छौं। म्याचको १६औं मिनटडमा रेफरीले भीएआर-को सहायता लिने समय बोवे आफ्नो जुत्ताको लेस बाँध्न निहुरिएका थिए अनि त्यहीँ बेहोश भएर लड़े।

म्याच रोकिँदासम्म दुवै टीमले गोल गर्न सकेको थिएन। यस साल सेरि ए-मा मैदानमा कुनै खेलाड़ी बेहोश भएको यो दोस्रो घटना हो। अप्रेलमा रोमाका डिफेण्डर इवान एनडिका पनि यूडीनीजविरुद्ध म्याचको अवधि मैदानमा बेहोश भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement