खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पार्टीका शीर्षस्थ नेतृत्वहरूको टोलीले आज भेटघाट गरेका छन्। गोरामुमोको टोलीको नेतृत्व भूपू विधायक एनबी छेत्री अनि दार्जिलिङका विधायक निरज जिम्बाले गरेका थिए भने उनीहरूले जीटीएको प्रमुख कार्यपाललाई ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्रमा स्व सुवास घिसिङ साथै उनको धर्म पत्नीको समाधि निर्माण गर्न साथै मिरिक मञ्जु पार्कलाई स्व सुवास घिसिङ स्मृति पार्क नामकरण गरिदिने माग राखेका छन्। गोरामुमोको उक्त मांगलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले सकरात्मक आश्वासन दिएको जानकारी प्राप्त भएको छ।