गान्तोक: मंगन जिल्लाको नगर पञ्चायतले आजदेखि पेपर र प्लास्टिक फोहोर प्रबन्धनको छुट्याउने अभियान शुरू गरेको छ। विशेष गरे दिगो फोहोर व्यवस्थापन र वातावरण संरक्षणको दिशामा महत्वपूर्ण पहलको रूपमा मङ्गन नगर पञ्चायतले पेपर र प्लास्टिक फोहोर छुट्याउनमा केन्द्रित फोहोर पृथकीकरण पहल औपचारिक रूपमा शुरू गरेको हो। यस पहलको उद्देश्य कागजको फोहोरलाई पुन: प्राप्ति गर्नु हो, जसले सामग्री रिकभरी सुविधामा सुक्खा फोहोर छुट्याउन सहयोग पुऱ्यायउने छ।
यस अभियानको एक भागको रूपमा, शहरी स्थानीय निकायका घर-परिवार र व्यवसायहरूमा कागज र प्लास्टिकहरू छुट्याउनका लागि तोकिएको फोहोर झोलाहरू (कागजको लागि खैरो र प्लास्टिकको लागि सेतो रङ) वितरण गरिएको छ। यो प्रयासले नगरपालिकाको फोहोर व्यवस्थापनमा आदर्श पहलहरू अपनाउने मङ्गन नगर पञ्चायतको प्रतिबद्धतामा एउटा प्रमुख कोसे ढुङ्गा हो।