राष्ट्रीय सूचना आयुक्त महासंघका तीन सदस्यीय टोली सिक्किममा

n6418814071733243432971d5067f2db5dbb160e770b64ed6de7ff81d75106f562a4b426e948c86395f72a2

गान्तोक: राष्ट्रीय सूचना आयुक्त महासंघका बोर्ड अफ गवनर्सका तीन जना सदस्यहरू चार दिवसीय सिक्किम भ्रमणको निम्ति आज आइपुगेका छन्। सिक्किम भ्रमणमा आउने सदस्यहरूमा बिहारका मुख्य सूचना आयुक्त त्रिपुरारी शरण, आन्ध्र प्रदेश राज्यका मुख्य सूचना आय़ुक्त महबुब बासा र उडिसा राज्यका मुख्य सूचना आय़ुक्त कुमार मोहन्ती सामेल रहेका छन्। आज सिक्किम आउने क्रममा तीन सदस्य टोलीलाई पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डामा सिलगढीका प्रोटोकल यूनिट र टीआईसीका सदस्यहरूले स्वागत जनाए।

चार दिवसीय भ्रमणको क्रममा टोलीले एनएफआइसीसीको ३१औं बोर्ड सभामा सहभागिता जनाउने भएका छन्। उनीहरू आगामी ७ दिसम्बरको दिन फर्किने जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement