नक्सलबारीमा विविध कार्यक्रमका साथ विश्व दिव्याङ्ग दिवस पालन

Capture3-2

नक्सलबारी: २७औं विश्व दिव्याङ्ग दिवस नक्सलबारी ह्याण्डिक्याप वेलफेयर सोसाइटीले मना एको छ।
सो अबसर पारेर , नक्सलबारीमा एउटा शोभायात्राको आयोजना पनि गरिएको छ। उक्त शोभायात्रामा सचेतनामूलक सन्देश दिइएको थियो। त्यसपछि सोसाइटीद्वारा स्वास्थ्य जाँच शिविर र चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोष, नक्सलबारीका पूर्व विधायक शंकर मलाकार, सोसाइटीका अध्यक्ष गणेश चन्द्र डे, प्रधान जयन्ती कीरो लगायत अन्य बशिष्ठ व्यक्तित्वहरूको उपस्थित रहेको थियो।
सोसाइटीका सह अध्यक्ष विश्वजीत बसुका अनुसार, शोभायात्रा र विभिन्न कार्यक्रमहरूको माध्यमबाट यो दिवस मनाइँदै आइरहेको छ। विशेष आवश्यकता भएका दाजु-बहिनीहरूले कार्यक्रमहरूमा भाग लिएका छन्।
त्यस्तै, नक्सलबारी पञ्चायत समितिका अध्यक्षले भने, “सोसाइटीले जे सहयोग मागेको थियो, त्यो गरिएको छ। आगामी दिनहरूमा पनि हामी सोसाइटीको साथमा रहनेछौं।” यस अवसरमा राज्य सरकारका विविध योजनाहरूको लाभ बारेमा पनि सबैलाई जानकारी गराइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement