गान्तोक: नेपाली संस्कृति परिषद, सिक्किमका अध्यक्ष अनन्त भण्डारी र कार्यकारी सदस्यहरू सम्मिलित प्रतिनिधि मण्डलले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा भेट गरेका छन। राजभवनले प्रेस विज्ञप्ति जारी गरि सो भेटको क्रममा अध्यक्षले भारतीय सनातन संस्कृति र परम्पराहरूलाई संरक्षित राख्न तथा आगामी योजनाहरू र कार्यक्रमहरूको सन्दर्भमा संचालित गतिविधिबारेमा विस्तारसॅंग जानकारी गराए, जसको उद्देश्य सनातन संस्कृति र परम्पराहरूलाई जीवन्त राख्नु र यसलाई नयॉं पुस्ता सम्म पुऱ्याउनु रहेको उल्लेख छ।
सो क्रममा राज्यपालले परिषदको प्रयासहरूको सराहना गर्दै भने, संस्कृति र परम्पराहरूको संरक्षण समाजको निम्ति महत्वपूर्ण रहेको छ। राज्यपालले परिषदलाई आफ्नो प्रयास जारी राख्न प्रोत्साहित गर्दै आफ्नो तर्फबाट हर सम्भव मद्दत गर्ने आश्वासन दिए।