बंगलादेशमा हिन्दूहरूमाथि भएको अत्याचारबिरुद्ध एकजुट हुन शुभेन्दु अधिकारीको अपील

23_07_2024_17_38_30_5224113

कोलकाता: बंगलादेशमा अल्पसंख्यक हिन्दूहरूमाथि भइरहेको अत्याचार र आक्रमणलाई मध्यनजर गर्दै पश्चिम बंगालमा विपक्षी नेता शुभेन्दु अधिकारीले मंगलवार सबै हिन्दूहरूएकजुट हुँन अपील गरे।
अधिकारीले भने, त्यहाँ नियमित रूपमा मानवाधिकारको उल्लंघन भइरहेको छ। अन्तर्राष्ट्रिय कृष्णाबावनामृत संघ (इस्कन) जस्तो धार्मिक संगठनसित सम्बन्धित मानिसहरू, जुन विश्वभरि नै फैलिएका छन l बंगलादेशमा भइरहेको इस्कन सन्तहरूको पक्राउलाई लिएर कड़ा आपत्ति जनाए। उनको बचाउ गर्ने वकिलमाथि पनि प्राणघातक आक्रमण
भइरहेको छ। त्यसैले यो समय भनेको हिन्दूहरूले आफ्नो राजनीतिक विचारदेखि माथि उठेर एकजुट हुने समय हो।
उनले यो पनि आरोप लगाए, बंगलादेशमा एउटा यस्तो संगठन सक्रिय छ जो आतंकवादी संगठनहरू जस्तै इस्लामिक
स्टेट, तालिबान वा हमासभन्दा पनि खतरनाक छ,- जसले यस्ता गतिविधिहरूलाई परिणाम दिरहेको छ।
यो प्रतिक्रिया त्यस दिन आएको हो l जतिबेला बंगलादेशका इस्कन सन्त चिन्मय कृष्ण दासलाई कड़ा कानूनी चुनौतीहरूको सामना गर्न परिरहेको छ। मंगलवार चटगाउँको अदालतले उनको जमानत याचिकामाथि सुनवाईलाई आगामी २ जनवरीसम्मको लागि स्थगित गरिदिएको छ , किनकी वकिलहरूले उनको प्रतिनिधित्व गर्नदेखि अस्वीकार गरिदिए। दास जसलाई ‘चिन्मय प्रभु’- को नामले चिनिन्छ, बंगलादेश सम्मिलित सनातनी जागरण मंच (जोटे)का प्रवक्ता हुन्। उनलाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय हववाई अड्डाबाट चटगाउँको एक ऱ्यालीमा सहभागी हन गइरहेको बेला राजद्रोहको आरोपमा पक्राउ गरिएको थियो। पछिल्लो साता उनलाई जमानत दिनदेखि अस्वीकार गरी जेलमा बन्दी बनाएर राखिएको छ।
यस घटनाक्रमप्रति इस्कन, कोलकाताका उपाध्यक्ष एबं प्रवक्ता राधारमण दासले गहिरो चिन्ता व्यक्त गर्दै भने, यो अत्यन्त दुःखदायी घटना हो, एकजना सन्त बिगत नौ-दश दिनदेखिको जेलमा थुनिएका छन्। हामीले सुनेका छौं, उनका वकिल अदालतमा पेश हुन सकेनन्। पछिल्लो सुनवाईमा वकिलहरूविरूद्ध झूटो मुद्दा दर्ता गरियो अनि उनीहरूको घरमा तोड़फोड़ गरियो। अब चिन्मय कृष्ण दासको लागि को उभि नेछन्? यो सम्पूर्ण स्थिति अत्यन्त चिन्ताजनक छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement