अगरतला(त्रिपुरा): त्रिपुरा पुलिसले सोमवार अगरतलामा बांग्लादेश सहायक उच्चायोगको परिसरभित्र प्रबेश गरेर होहल्ला गरेको र छिमेकी देशको राष्ट्र ध्वजाको अपमान गरेको घटनामा सात जनालाई पक्राउ गरेकाे छ।
सो घटनामा मा ४ जना पुलिस अधिकारी विरूद्ध कारबाही पनि गरिएको छ।
सोमवार अगरतलामा बांग्लादेश सहायक उच्चायोगको कार्यालय अगाडी धर्ना प्रदर्शन गरिएको थियाे। प्रदर्शनकारीहरूले बांग्लदेशमा हिन्दू अल्पसंख्यकहरूमाथि अत्याचार विरूद्ध धर्ना दिई इस्कोन सदस्य चिन्मय दास प्रभुको रिहाईको माग गर्दै प्रदर्शन गरेका थिए। सोही क्रममा केही मानिसहरूले सुरक्षा व्यवस्थाको उल्लङ्घन गरेl साथै कार्यालय परिसरभित्र प्रबेश गरि होहल्ला गरे र बांग्लादेशको राष्ट्रिय़ ध्वजाको अपमान गरे। उक्त घटनालाई लिएर अहिले बांग्लादेश सहायक उच्चायोग कार्यालयको वरिपरि सुरक्षाब्यबस्था कड़ा गरिएको छ छ।
त्रिपुरा पुलिस सूत्रका अनुसार सो घटनामा सात जनालाई पक्राउ गरिएको छ भनेे तीन उपनिरीक्षकलाई निलम्बित गरिएको छ। जबकि ड्यूटीमा लापरवाही अपनाएको आरोपमा एक पुलिस उपाधीक्षक (डीवाईएसपी) लाई हिरासतमा लिइएको छ। पुलिस द्वारा अगाड़ीको जाँच जारी छ। यस घटना स्व स्फुर्त भएको भनि घटना दर्ता गरिएको छ।
यसै बीच त्रिपुराका मुख्यमन्त्री प्रो. डा. माणिक साहले यस घटनाको निन्दा गर्दै भनेका छन्, बांग्लादेशमा हिन्दूहरूमाथि भइऱहेको हमलाहरूको विरोधमा अगरतला सर्किट हाउसमा गान्धी प्रतिमा अगाडी मानिसहरु एकत्र भए र शातिपूर्ण धरना दिए। दुर्भाग्य, केही मानिसहरूले बांग्लादेश सहायक उच्चायोगको परिसरमा बलपूर्वक प्रवेश गर्ने प्रयास गरे। म यस घटनाको कड़ा निन्दा गर्दछु। शान्तिपूर्ण आन्दोलन वा विरोध स्वीकार्य छ तर यस प्रकारको व्यवहार एकदमै अवाञ्छित रहेको बताए।