उत्तर बंगालका मेडिकल कलेज र अस्पतालहरूको सुरक्षालाई बलियो बनाउन बैठक सम्पन्न

Capture7 (1)

सिलगढी: उत्तर बंगालका विभिन्न मेडिकल र अस्पतालहरूको सुरक्षा सुदृढ गर्न सुरक्षा लेखा समितिका अध्यक्ष सुरजित कार पुरकायस्थले सिलगढीको स्टेट गेस्ट हाउसमा बैठक गरे।
सो बैठक उत्तरबाङ मेडिकल कलेज र अस्पताल तथा रायगञ्ज मेडिकल कलेज र अस्पतालका अधिकारीहरूसँग भएको थियो। बैठकमा उत्तर बङ्गाल मेडिकल कलेजका प्रिन्सिपल इन्दरजीत साह,मेडिकल सुपरिटेण्डेन्ट सञ्जय मल्लिक, सिलगढी जिल्ला अस्पताल मेडिकल सुपरिटेण्डेन्ट चन्दन घोष, सीएमओएच तुलसी प्रामानिक, सिलगढी पुलिस आयुक्त सी सुधाकर, डीसीपी ट्राफिक विश्वचन्द ठाकुर र अन्य अधिकारीहरू उपस्थित थिए।
बैठकपछि सुरजित कार पुरकायस्थले उत्तरबंग मेडिकल कलेज र रायगञ्ज मेडिकलका अधिकारीसँग छलफल गरेको बताए। सबैका आ–आफ्नै समस्या छन्। हामीले छलफलबाट केही राम्रा सुझावहरू पाएका छौं। बैठकपछि सुरजित कार पुरकायस्थले बताउदै उनले क्यामरा, सुरक्षा व्यवस्थालगायत सबै कुराको अध्ययन गर्ने जानकार दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement