निम्साङ लिम्बुले थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने

IMG-20241203-WA0025

सोनादा: निम्साङ लिम्बुले थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने भएको छ। ट्रेल रनर निम्साङ लिम्बूले यूटीएमबीद्वारा एसिया प्यासिफिक होका च्याङ माई थाइल्याण्डमा भारतको प्रतिनिधित्व गर्ने भएका छन्। आगामी ५ देखि ८ दिसम्बर २०२४ सम्म हुने यो प्रतियोगिता युटिएमबी वर्ल्ड सिरिज मेजर्सको एक भाग हो, जसलाई अमेरिका, युरोप, एसिया प्यासिफिक र ओसिनियामा आयोजित ट्रेल रनिङमा शिखर इभेन्टको रूपमा मान्यता दिइएको छ। निम्साङका मेन्टर तथा प्रोजेक्ट लाइफका संयोजक बिक्रम थापाका अनुसार यूटीएमबी वर्ल्ड सिरिज मेजर्स विश्वभरका एलिट खेलाडीहरुलाई आकर्षित गर्ने इन्ड्युरेन्स रनिङको प्रतिक हो। एसिया प्यासिफिक मेजरमा निम्साङको सहभागिताले उनको कडा परिश्रम र खेलप्रतिको समर्पणलाई प्रतिबिम्बित गर्छ।
सन् २००३ मा पहिलो पटक आयोजना गरिएको अल्ट्रा–ट्रेल डु मोन्ट–ब्लाङ्क (यूटीएमबी) विश्वको सबैभन्दा प्रतिस्पर्धी माउन्टेन अल्ट्राम्याराथन हो। सन् २०२३ मा युटिएमबी वर्ल्ड सिरिज फाइनल्सको नामकरण गरिएको यसले विश्वव्यापी रूपमा आयोजित क्वालिफिकेसन रेसको ताज पहिर्याएको छ। यूटीएमबी (एशिया-प्यासिफिक)द्वारा होका च्याङ माई थाइल्याण्डले १२ किलोमिटरदेखि १७२ किलोमिटरसम्मको धेरै दूरीमा दौड प्रदान गर्दछ। निम्साङले “एचमाेंग ५०”(HMONG 50) मा प्रतिस्पर्धा गर्नेछन्, जुन ५३ किलोमिटरको दौडमा २७५० मिटर को उन्नयन लाभ (elevation gain) र १५ घण्टाको कट-अफ् समावेश छ। ७ दिसम्बरको दिन थाइल्याण्डको दोई सुथेप–पुइ राष्ट्रिय पार्कमा बिहान ५ बजे दौड शुरु हुनेछ।
हाल इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) अन्तर्गत शीर्ष स्थानमा रहेका भारतीय ट्रेल धावक निम्साङका लागि यो उपलब्धि उल्लेखनीय कोसेढुङ्गा हो। हेल रेस स्पोर्ट्स फाउन्डेसनद्वारा प्रायोजित केवल दुई भारतीय एथलीटहरूमध्ये एकको रूपमा, निम्साङले देशको उच्चतम आईटीआरए सूचकांक अंकको गर्व गर्दछ।
पश्चिम सिक्किमका विकट गाउँ सिदिबुङ दरापका निम्साङको यात्रा दृढ संकल्प र लचकताको रहेको छ। आफ्नो खेल सफलताको अतिरिक्त, उनी ग्यालशिङस्थित सञ्चमान लिम्बू सरकारी कलेजमा शारीरिक शिक्षामा बीए (अनर्स) पाँचौं सेमेस्टरका विद्यार्थी हुन्। बिक्रम थापाले भने, ‘ट्रेल रनिङमा निम्साङको यात्रा प्रेरणादायी रहेको छ र यो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको सहभागिता उनको लगनशीलता र लचिलोपनको प्रमाण हो। हामी उहाँलाई शुभकामना दिनचाहन्छौं र हामीलाई विश्वास छ कि उहाँले पहाडी क्षेत्र र सिङ्गो देशलाई गौरवान्वित तुल्याउनुहुनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement