खरसाङ: खरसाङको रोहिणी क्षेत्रलाई उत्तर बंगालकै प्रसिद्ध एडभेञ्चर टुरिज्म हब बनाउनलाई रोहिणीको लियोपार्ड वाटर फिल्टरले ठूलो सहयोग गरिरहेको छ। एडभेञ्चर टुरिज्ममा रोहिणीको यो लियोपार्ड वाटर फिल्टर कोशे ढुंगा नै साबित भईरहेको छ। रोहिणी र तीनधारेको नयाँ कमानलाई जोड्ने लाप्चे खोलाको पुलदेखि लगभग ६०० देखि ७०० मीटरमा रहेको यो लियोपार्ड वाटर फल्स स्थानीय साथै टाढाबाट आएका पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्रविन्दु बन्दै गईरहेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण रोहिणी क्षेत्रमा एडभेञ्चर टुरिज्मले ठूलो फड्को मारिसकेको छ जसलाई रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनको युवा सदस्यहरुले सिर्जनात्मक रुपमा सञ्चालन गरिरहेका छन्। रोहिणीमा एडभेञ्चर टुरिज्म फैलिएर गईरहेको छ जसमा प्याराग्लाइडिङ, ट्रेकिङ, हाईकिङ्ग र एटिभी राईडिङ्गको साथमा प्राकृतिक सुन्दरताले भरिपूर्ण रोहिणीको लियोपार्ड वाटर फल्ससम्म ट्रेकिङ गर्दै जानु पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको छ। यो लियोपार्ड वाटर फल्स लगभग २-३ महिनादेखि सञ्चालनमा छन् । तर छोटो समयमा पनि रोहिणीको एडभेञ्चर टुरिज्ममा यसले मुख्य भूमिका निभाएको छ। यहाँ दैनिक रुपमा पर्यटकहरु एडभेञ्चर टुरिज्म अन्तर्गत ट्रेकिङ गर्दै यो लियोपार्ड वाटर फल्स पुग्नलाई खुशी देखिएका छन्। यस वाटर फल्स क्षेत्रमा वन संरक्षणको जंगली जनावरको शिकार गर्न निषेध गरिएको छ भने खोलामा माछा मार्नु पनि निषेध गरिएको छ भने यस क्षेत्रलाई पूर्ण रूपले प्लास्टिकमुक्त क्षेत्र घोषित गरिएको छ। रोहिणीको यो लियोपार्ड वाटर फल्स विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रोहिणी प्याराग्लाइडिङ एण्ड एडभेञ्चर एसोसिएसनको संयोजक सचिन खातीले रोहिणीको लियोपार्ड वाटर फल्स लगभग २ महिना अघि मात्र शुरु गरिएको हो र यो रोहिणीको लाप्चे खोलाको पुलदेखि लगभग ६०० मीटरको दुरीमा रहेको बताएका छन्। उनले यहाँ दैनिक रुपमा पर्यटकहरु आउने गरेको र पुलदेखि ट्रेकिङ गर्दै पर्यटकहरु वाटर फल्ससम्म आउने गरेको बताएका छन्। उनले यो वाटर फल्स पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्रविन्दु बनेको पनि बताएका छन्। उनले यहाँ भविष्यमा ईको पार्क बनाउने योजना रहेको बताउँदै यहाँ पूर्ण रुपमा एडभेञ्जरको अनुभव लिन सकिने बताउँदै रोहिणी क्षेत्रलाई उत्तर बंगालकै ठूलो एडभेञ्चर टुरिज्मको हब बनाउने योजना रहेको र यसमा यो लियोपार्ड वाटर फल्सले पनि मुख्य भूमिका निर्वाह गर्ने बताएका छन्। सचिन खातीले यस क्षेत्रमा हामीले लगातार सर सफाई गर्दै अहिले प्लास्टिकमुक्त क्षेत्र घोषित गरिएको र यहाँ वन संरक्षणको कार्यहरु गरिएको बताएका छन्। उनले यस क्षेत्रमा जंगली जनावरको शिकार गर्न निषेध गरिएको, खोलामा माछा मार्नु पनि निषेध गरिएको जानकारी गराएका छन्।