अलिपुरद्वारमा एक मजदुरको शव झुण्डिएको अबस्थामा भेटिए

IMG-20240717-WA0001

अलिपुरद्वार: एक मजदुरको झुण्डिएको शव भेटिएपछि उक्त क्षेत्रमा सनसनी मच्चिएको छ। यो घटना अलीपुरद्वार जिल्लाको कालचिनी ब्लकको निमाती चिया बगान क्षेत्रमा भएको हो। मृतकको नाम अनुप उराँउ बताए। उनी निमाती चिया बगानमा अस्थायी मजदुरको रुपमा काम गर्थे।
स्थानीय स्रोतका अनुसार अनुप उराँवलाई आइतबार साँझ घरबाट निकालिएको थियो। त्यसपछि स्थानीयले चियाबारीमा झुण्डिएको अवस्थामा उनको शव देखे। खबर पाएलगत्तै निमाती चौकीको प्रहरीहरु घटना स्थल पुगेर शव बरामद गरी पोष्टमार्टमका लागि अस्पताल पठाएको छ। प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement