जलपाईगुडी: एउटा चितुवा जंगलको बाटोमा बसेर राति अबेरसम्म शिकार खोज्दैछ। अहिले यो भिडियो बनाएर सामाजिक संजालमा राखिए पछि भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ। भाइरल भिडियोमा मेटेली-चाल्सा सडकमा हिउँदको रातको समय पूर्ण वयस्क चितुवा सडकमा बसेको देखिन्छ। त्यतिबेला त्यहाँबाट गुज्रिरहेको गाडीका चालकले यो दृश्य सबैभन्दा पहिले देखेका थिए। तर, कारको हेडलाइटमा चितुवा देखेपछि चितुवा सडकबाट टाढा गएको थियो।

यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।