तीनधारे महानदी समष्टिका शिक्षक शिक्षिकाहरुलाई लिएर स्तरीय कमिटी गठनलाई लिएर भागोप्रमो पदाधिकारीहरुको समष्टि भ्रमण

IMG-20241203-WA0227

खरसाङ: तीनधारे महानदी समष्टि क्षेत्रमा रहेका माध्यमिक विद्यालयहरु, प्राथमिक पाठशालाहरु, माध्यमिक शिक्षा केन्द्र र शिशु शिक्षा केन्द्रहरुका शिक्षक शिक्षिकाहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठन गरिने भएको छ। यसको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पदाधिकारीहरूले समष्टिभरिको विभिन्न विद्यालयहरु र प्राथमिक पाठशालाहरुमा पुगेर शिक्षक शिक्षिकाहरुलाई भेट्ने कार्य सम्पन्न गरेका छन्।‌ उक्त भेटघाट कार्यमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, समष्टि सभापति राजीव थापा, समष्टीको प्रवक्ता बिपन विश्वकर्म, खरसाङ महकुमा समितिको सह सचिव सञ्जीव लामा, समष्टी सह सचिव मनोहर थापा, युवा शक्तिको समष्टी सभापति केवल राई, सचिव सञ्जीव मंगर, कार्यकारी सभापति निखिल छेत्री, प्राथमिक शिक्षक संगठनबाट राजेस थापा विद्यार्थी संगठनको सचिव सुभम प्रधान लगायत माला छेत्री, प्रनिता सेवा साथै अन्यहरु उपस्थित रहेका थिए। भागोप्रमोका समष्टीका‌ पदाधिकारीहरूले तीनधारे महानदी समष्टिभित्र पर्ने तीनधारे, घैयाबारी, महानदी, घुम्ती,सिविटार, जंगपाना, गिताङ्गे, सिपाहीधुरा, नरबुङ, मालुटार लगायत अन्य स्थानहरूमा रहेका विद्यालयहरु, प्राथमिक पाठशालाहरु र माध्यमिक शिक्षा केन्द्र,शिशु शिक्षा केन्द्रमा पुगेर भेटघाट गरेर शिक्षक शिक्षिकाहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठन गरिने विषयमा जानकारी गराएका छन्।‌ पदाधिकारीहरूले आगामी ८ दिसम्बरको दिन तीनधारे महानदी समष्टिभित्र पर्ने सबै विद्यालयहरु र प्राथमिक पाठशालाहरुका शिक्षक शिक्षिकाहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठन गरिने भएको र उक्त कमिटी गठन कार्यमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चिफ् एंव शिक्षा विभागका कार्यकारी सभासद सन्चवीर सुब्बा प्रमुख अतिथिको रुपमा उपस्थित रहने भएको जानकारी गराइएको छ। यस विषयमा पत्रकारहरुलाई जानकारी गराउँदै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले शिक्षा मुख्य स्तम्भ रहेको कारणले तीनधारे महानदी समष्टिको शिक्षक शिक्षिकाहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठन गरिने बताएका छन्। उनले बताए अनुसार समष्टिभरिको शिक्षक शिक्षिकाहरुलाई लिएर समष्टि स्तरीय कमिटी गठन गर्नका लागि आगामी ८ दिसम्बर २०२४ मा सभाको आयोजना गरिएको र यसै सभाको लागि समष्टिभित्र पर्ने विद्यालय र प्राथमिक पाठशालाहरुका शिक्षक शिक्षिकाहरुलाई भेट्ने काम गरेका छन्।‌ उक्त सभामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चिफ् एंव शिक्षा विभागका कार्यकारी सभासद सन्चवीर सुब्बा प्रमुख अतिथिको रुपमा उपस्थित रहने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement